काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कैलाली कारागार घटनाका दोषीलाई कारबाहीगर्न संसदिय समितिको निर्देशन

2.48K
shares

काठमाडौं । कानुन समितिले कैलाली कारागारमा भएको घटनाको निष्पक्षछानबिन गरी दोषीलाई कारबाहीगर्न सरकारलाई निर्देशन दिएको छ।

बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सभापति विमला सुवेदीले देशका विभिन्न जिल्लाहरूमा अवस्थित कारागारहरूमा समय समयमा हुने गरेकाझडप तथा कुटपिटका घटनाहरू दोहोरिन नदिन कारागार प्रशासनलाई थप जिम्मेवार बनाउन समेत निर्देशनदिईन् ।

उनले भनिन्,‘कैलालीको परिसर भित्र २०८२ साल साउन २३ गते घटित घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनी कारबाही गर्न र पीडितलाई नियमानुसार क्षतिपूर्ति उपलब्धहुने आवश्यक प्रबन्ध गर्न, देशका विभिन्न जिल्लाहरूमा अवस्थित कारागारहरूमा समय समयमाहुने गरेका यस्ताझडप तथा कुटपिटकाघटनाहरू दोहोरिन नदिन र कारागार प्रशासनलाई थप जिम्मेवार बनाउन ,कैदीबन्दीहरुलाई श्रम र उत्पादनमा जोड्ने जस्ता विषयहरू सहितको आवश्यक रणनीतिहरू तय गरी प्रभावकारी कार्यान्वयन गर्न निर्देशनदिइन्छ ।’

त्यस्तै प्रत्येक प्रदेशमा नमुना कारागार निर्माणगर्न सरकारलाई समितिको निर्देशन छ। क्षमता भन्दा बढि कैदीबन्दी राख्ननपर्ने अवस्था सुश्चितगर्न ,कारागारहरूको सुरक्षा अवस्थालाई प्रविधिमैत्री सक्षम तथा सबलबनाउन र देशभरका कारागारहरूलाई मानव अधिकार मैत्री बनाउँदै सुधार गृहको रूपमाविकास गर्न निर्देशनदिने निर्णय भएको पनिउनले सुनाईन् ।

‘कैदीबन्दीहरू मध्येबाट नेतृत्वछनोट गरी कारागारभित्रको आन्तरिक व्यवस्थापनको जिम्मेवारी दिने प्रावधानको पुनरावलोकन गर्ने, अपराधको प्रकृति, बन्दीको सङ्ख्या र स्वभाव अनुसार फरक— फरक ब्लक र कारागारमा राख्ने,कारागार प्रशासनको सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित नीतिगत, कानुनीतथा संरचनागत प्रबन्धहरूमा समसामयिक सुधार गर्न, कारागार भित्र आवश्यक भौतिक संरचनाहरू थपनिर्माण गर्न तथा प्रत्येक प्रदेशमा एक वटानमुना कारागार निर्माण गर्न ,क्षमता भन्दाबढि कैदीबन्दी राख्ननपर्ने अवस्था सुश्चित गर्न ,कारागारहरूको सुरक्षा अवस्थालाई प्रविधिमैत्री सक्षमतथा सबल बनाउन र देशभरका कारागारहरूलाई मानव अधिकारमैत्री बनाउँदै सुधार गृहको रूपमाविकास गर्न निर्देशनदिइन्छ ।’उनले भनिन्