गृहपृष्ठ कामना सेवा विकास बैंक र स्काइवाल्क नेपालबीच सेवा शुल्क छुट सम्झौता
कामना सेवा विकास बैंक र स्काइवाल्क नेपालबीच सेवा शुल्क छुट सम्झौता
काठमाडौं। कामना सेवा विकास बैंकले कमलादीस्थित स्काइवाल्क नेपालसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले स्काइ वाल्क नेपालको टिकटमा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने छ। यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।
उक्त छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काइवाल्क नेपालका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका थिए।
प्रकाशित समय : १०:४८ बजे



















