गृहपृष्ठ निताको ‘सुख दुःख’मा बिपना अनुबन्धित
निताको ‘सुख दुःख’मा बिपना अनुबन्धित
अभिनेत्री तथा निर्मात्री निता ढुङ्गाना अधिकारीको निर्देशन रहेको फिल्म ‘सुख दुःख’मा बिपना थापाको पनि अभिनय रहने भएको छ । निर्माण युनिटले फिल्ममा मुख्य भूमिका रहने गरेर उनलाई अनुबन्धित गरेको हो ।
यसअघि निता र बिपनाले फिल्म ‘ह्रस्व दीर्घ’मा सहकार्य गरेका थिए । यो उनीहरूको दोस्रो सहकार्य हो । बिपनाले फिल्म ‘सुख दुख’मा आफू पनि जोडिन पाउँदा एकदम खुसी लागेको बताइन् । उनले फिल्मको कथाले नै आफूलाई मन छोएको र निताको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्न पाउँदा उत्साहित रहेको बताइन् ।
निताले पनि आफ्नो फिल्ममा बिपनालाई अनुबन्ध गर्न पाउँदा असाध्यै खुसी भएको बताइन् । उनका अनुसार यो फिल्ममा बिपनाको महत्त्वपूर्ण भूमिका रहेको छ । निताले यसअघि यो फिल्मका लागि कलाकारका रूपमा मिथिला शर्मा, मदनकृष्ण श्रेष्ठ चयन गरेकी थिइन् ।
आगामी फागुनबाट छायाङ्कनमा जाने यो फिल्मलाई चर्चित भारतीय छायाकार कबिरलाल र शाहिदलालले छायाङ्कन गर्दैछन् । ‘निता फिल्मसको ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउदैछ ।
प्रकाशित समय : १०:५५ बजे



















