गृहपृष्ठ नेपाल अडिटर्स एशोसिएशनको २०औँ स्थापना दिवसमा विभिन्न कार्यक्रमको आयोजना
नेपाल अडिटर्स एशोसिएशनको २०औँ स्थापना दिवसमा विभिन्न कार्यक्रमको आयोजना
नेपाल अडिटर्स एशोसिएशन (अडान)को २०औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
आर्थिक क्षेत्रमा देखा परेका समस्या र चुनौतीहरू तथा लेखा व्यवसायीले सामना गर्नुपरेका मुद्दाहरूमा केन्द्रित गोष्ठी, अन्तरक्रिया, सामाजिक सहयोग तथा सहकार्य लगायतका कार्यक्रमहरू सम्पन्न भएका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा आयोजित मुख्य कार्यक्रममा पहिलो सत्रमा दुईवटा कार्यपत्र प्रस्तुत गरिँदै सेसन सञ्चालन गरिएको थियो । दोस्रो सत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो ।
अडानका अध्यक्ष बद्री प्रसाद भट्टराईको अध्यक्षता र महासचिव तिलक बहादुर अधिकारीबाट सञ्चालित यस कार्यक्रममा झण्डै ९०० को संख्यामा रहेका लेखापरीक्षक, लेखा व्यवसायीहरू, कर्पोरेट लेखापाल र व्यावसायिक लेखापालहरुको सहभागिता रहेको थियो ।
प्रकाशित समय : १०:०९ बजे



















