global ime bank Long Banner Ad

गृहपृष्ठ रुस–युक्रेन युद्धबारे छलफल गर्न ट्रम्पले चाँडै पुटिनलाई भेट्ने

रुस–युक्रेन युद्धबारे छलफल गर्न ट्रम्पले चाँडै पुटिनलाई भेट्ने

रुस–युक्रेन युद्धबारे छलफल गर्न ट्रम्पले चाँडै पुटिनलाई भेट्ने

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामबारे छलफल गर्न चाँडै नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने सम्भावना रहेको बताएका छन्।

बुधबार ट्रम्पका विशेष दूत स्टिभ विटकफले मस्कोमा राष्ट्रपति पुटिनलाई भेटेका थिए। यो भेटलाई उपयोगी र रचनात्मक भनी वर्णन गरिएको छ।

युक्रेनमा युद्धविराममा सहमति जनाउन अमेरिकाले रुसलाई दिएको समयसीमा शुक्रबार सकिँदैछ।

अमेरिकाले सम्झौता नभए रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

बुधबार नै अमेरिकाले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत थप कर लगाउने घोषणा गरेको छ।

प्रकाशित समय : १०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु