गृहपृष्ठ भारतीय अदालतद्वारा पूर्व सांसद र घातक बम विस्फोटको आरोपमा अन्य छ जनालाई सफाइ
भारतीय अदालतद्वारा पूर्व सांसद र घातक बम विस्फोटको आरोपमा अन्य छ जनालाई सफाइ
भारतीय अदालतले बिहीबार एक कट्टर हिन्दू राष्ट्रवादी साध्वी तथा पूर्व सांसद र सन् २००८ मा एक मस्जिद नजिकै भएको घातक बम विस्फोटमा सहभागिताको आरोपमा अन्य छ जनालाई सफाइ दिएको छ ।
पश्चिमी राज्य महाराष्ट्रको मालेगावको मस्जिद नजिकै मोटरसाइकलमा बाँधिएको बम विस्फोट हुँदा भएको आक्रमणमा छ जनाको मृत्यु भएको थियो भने एक सयभन्दा बढी घाइते भएका थिए ।
सत्तारूढ भारतीय जनता पार्टी ९भाजपा० की पूर्वसांसद साध्वी प्रज्ञा ठाकुरलगायत सात जनालाई आतङ्कवाद र आपराधिक षड्यन्त्रको आरोपमा मुद्दा चलाइएको थियो । उक्त मुद्दा वर्षौंसम्म तानिएको थियो ।
अभियोजन पक्षले आक्रमणमा प्रयोग गरिएका विस्फोटकहरू बोक्न ठाकुरको मोटरसाइकल प्रयोग गरिएको र विस्फोट हुनुअघि उनले मुख्य योजना बैठकमा भाग लिएको दाबी गरेको थियो ।
यद्यपि न्यायाधीश ए के लाहोटीले बिहीबार ठाकुर र अन्य छ जना विरुद्ध अभियोजन पक्ष पर्याप्त प्रमाण उपलब्ध गराउन असफल भएको फैसला सुनाए ।
“फैसलाहरू नैतिकता र सार्वजनिक धारणामा आधारित हुन सक्दैनन”, भारतीय कानूनी वेबसाइट लाइभ लका अनुसार लाहोटीले भने ।
बचावपक्षका वकिल रणजित नायरले अभियोजनपक्षले ‘अभियुक्तविरुद्ध कुनै प्रमाण प्रस्तुत गर्न सकेन’ भनी न्यायाधीशले उल्लेख गरेको बताए ।
भारतीय सांसद असदुद्दीन ओवैसीले फैसलालाई ‘निराशाजनक’ भन्दै मारिएकाहरू ‘तिनीहरूको धर्मका कारण निशाना बनाइएका’ थिए भने ।
“जानाजानी कमजोर अनुसन्धान÷अभियोजन निर्दोष सफाइका लागि जिम्मेवार छ”, उनले एक्समा एक पोस्टमा भने।
मुद्दाको सुनुवाइका क्रममा भारतको आतङ्कवाद विरोधी एकाइले सन् २००८ को बम विस्फोट सामुदायिक तनाव भड्काउन गरिएको बताएको स्थानीय मिडियाले जनाएको छ ।
पचपन्न वर्षीया ठाकुरले सन् २०१७ मा जमानत पाउनुअघि नौ वर्ष जेलमा बिताए । पछि उनले भाजपाले भोपालको केन्द्रीय सहरको सिटका लागि उम्मेदवार बनाएपछि चुनाव जिते ।
भारतीय चुनावी नियमहरूले कसैलाई अपराधमा दोषी नठहरिएसम्म जो कोहीलाई पदमा लड्न अनुमति दिन्छ ।
ठाकुरले भारतीय स्वतन्त्रता वीर महात्मा गान्धीका कट्टरपन्थी हिन्दू हत्यारालाई ‘देशभक्त’ भनेर विवाद खडा गरे । उक्त टिप्पणीपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई हप्काए ।
उनले गाईको पिसाब पिउँदा आफ्नो क्यान्सर निको भएको र दुध, घिउ र गोबरको मिश्रण पिउने फाइदाहरूको वर्णन गरेको थियो ।
प्रकाशित समय : १५:२८ बजे


















