गृहपृष्ठ बेनी–जोमसोमसहित पाँच सडक पूर्णरुपमा अवरुद्ध
बेनी–जोमसोमसहित पाँच सडक पूर्णरुपमा अवरुद्ध
वर्षाका कारण आएको बाढीपहिरोका कारण देशका विभिन्न सडक अवरुद्ध छन् ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार आज पाँच स्थानमा सडक पूर्णरुपमा अवरुद्ध छन् भने ६ स्थानमा सडक एकतर्फी रुपमा सञ्चालन भइरहेको छ ।
वर्षाको कारण कोशी राजमार्ग संखुवासभाको भोटेकोशी गाउँपालिका-४ मा पूर्णरुपमा अवरुद्ध छ भने बेनी-जोमसोम सडकखण्ड पनि अवरुद्ध छ । साथै, कर्णाली करिडोर र जाजरकोट-डोल्पा-भेरि कोरिडोर बाढीपहिरोले अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ११:०८ बजे


















