गृहपृष्ठ नेपालमा डिजिटल कारोबारमा महिलाको सहभागिता न्यून
नेपालमा डिजिटल कारोबारमा महिलाको सहभागिता न्यून
नेपालमा ५८ प्रतिशत पुरुष र ३६ प्रतिशत महिलाले डिजिटल कारोबार गर्ने गरेको पाइएको छ ।
विश्व बैंकले हिजो सार्वजनिक गरेको प्रतिवेदन ‘ग्लोबल फिन्डेक्स २०२५’ अनुसार नेपालमा डिजिटल भुक्तानी सेवा लिने महिला र पुरुषबीच २२ प्रतिशतको अन्तर देखिएको हो । यस्तो अन्तर समग्र दक्षिण एशियामा भने १५ प्रतिशत रहेको छ ।
इन्टरनेटमा पहुँच बनाउन र डिजिटल कारोबारका लागि आवश्यक मोबाइल फोन र सिमकार्डको स्वामित्वमा रहेको लैङ्गिक असमानताका कारण यस्तो अन्तर देखिएको प्रतिवदेनमा उल्लेख छ ।
नेपालमा डिजिटल कारोबारको पूर्ण लाभ सबै समुदायले बराबर रूपमा लिन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ । नेपालमा आफ्नै नाममा सिमकार्ड नहुने दूरसञ्चार ग्राहकको सङ्ख्या ४० प्रतिशतभन्दा बढी देखिएको र यो कारणले पनि डिजिटल कारोबारमा समस्या हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित समय : १९:४४ बजे


















