global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्र बैंकका प्रतिनिधिबीच परामर्श

नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्र बैंकका प्रतिनिधिबीच परामर्श

नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्र बैंकका प्रतिनिधिबीच परामर्श

नेपाल राष्ट्र बैंकले भर्खरै जारी गरेको मौद्रिक नीति अनुसार कृषि प्रविधिमा आधारित कर्जा प्रवाहमा सहजीकरण विषयमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र राष्ट्र बैंकका प्रतिनिधिबीच आज छलफल भएको छ ।

परिषद्का कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले कृषिमा उत्पादनदेखि बजारसम्म विभिन्न पक्षको भूमिका रहने हुँदा नार्कले दर्ता, पञ्जीकरण र उन्मोचन भइसकेका बीउबिजन र प्रविधिको विवरण उपलब्ध गराउन सक्ने धारणा राखे । उनले देशको माग अनुसारको प्रविधि विकासको क्रममा पनि राष्ट्र बैंक र परिषद्ले सहकार्य गर्नसक्ने बताए ।

राष्ट्र बैंकको नियमन विभागका उपनिर्देशक मित्र तिम्सिनाले कर्जा प्रवाह गर्दा कुनै प्रविधि नार्कले नै सिफारिश गरेको हो भन्ने कुरा आधिकारिक रूपमा थाहा पाउने संयन्त्रका बारेमा जिज्ञासा राखेका थिए । नार्कका वैज्ञानिकहरूले बैंकका जिज्ञासाको समाधान गर्न आ–आफ्ना धारणा राखेका थए । कार्यक्रममा प्रविधिमा लगानी गर्दा लाग्ने लागत, आइपर्ने जोखिम र किसानलाई हुने फाइदाको बारेमा पनि विस्तृत छलफल भएको थियो ।

राष्ट्र बैंकका तर्फबाट नियमन विभागका सहायक निर्देशक ललितकुमार शर्मा र सहायक निर्देशक उत्सवराज पन्तले बैंकका कर्जा प्रवाहका नियम र प्रावधानबारे प्रष्ट पारेका थिए । परिषद्को तर्फबाट रबिन गिरीले नार्कले विकास गरेका कृषि र पशुपालनका विविध विषयका प्रविधिहरूको विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा परिषद्का पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा. दोजराज खनाल, योजना तथा समन्वय निर्देशक डा. भानुभक्त पोखरेल, राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. मथुरा यादव, राष्ट्रिय पशु आहारा अनुसन्धान कार्यक्रमका प्रमुख डा. तुलसी पौडेल, राष्ट्रिय व्यावसायिक बाली अनुसन्धान कार्यक्रमका प्रमुख डा. उमेशकुमार आचार्य, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्याय, राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक स्रोत केन्द्रका वैज्ञानिक डा. उज्ज्वलकुमार सिंह कुशवाहा, राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रका प्रमुख डा. टीकाराम चापागाइँ, वरिष्ठ वैज्ञानिक डा.सुनिल अर्याललगायतको उपस्थिति थियो ।

प्रकाशित समय : १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु