काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने

1.73K
shares

भरतपुर महानगरपालिका–१० मा अवस्थित चारतारे होटल सिराइचुली लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ।

कम्पनीले धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी विद्यमान नियमावली र निर्देशनको पालना गर्दै नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि आईपीओ निष्कासन गर्ने बताएको छ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ। सम्झौतामा होटल सिराइचुली लिमिटेडका अध्यक्ष चुडामणि खनाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीबीच हस्ताक्षर गरिएको हो।

सम्झौता कार्यक्रममा होटल सिराइचुलीका प्रबन्ध सञ्चालक विष्णु कुँवर र सञ्चालक बाबुराम उपाध्यायको रोहबर रहेको कम्पनीले जानकारी दिएको छ।