गृहपृष्ठ रसुवाका सांसद आचार्यको पहलमा केरुङमा अलपत्र नेपाली आज स्वदेश फर्कँदै
रसुवाका सांसद आचार्यको पहलमा केरुङमा अलपत्र नेपाली आज स्वदेश फर्कँदै
नेपाली काँग्रेसका नेता एवं रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित इन्जिनियर मोहन आचार्यको पहलमा आज चीनको केरुङमा अलपत्र परेका नेपाली आज स्वदेश फर्कने भएका छन्।
रसुवाको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीले नेपाल–चीन मितेरी पुल बगाउँदा चीनमा अलपत्र परेका नेपालीलाई सांसद आचार्यको पहलमा आज नेपाल ल्याउन लागिएको हो।
उनीहरूलाई नेपाल फर्काउनका लागि सोमबार रसुवाबाट निर्वाचित सांसद आचार्यले परराष्ट्र मन्त्री डा आरजु राणा देउवालाई भेटेर कूटनीतिक पहल गरिदिन आग्रह गर्नुभएको थियो। सोही आग्रहबमोजिम आज त्यहाँ रहेका नेपालीलाई नेपाल फर्काउन लागिएको हो।
नेपाल फर्कनेहरूमा मुख्य त बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्याएका नेपालीहरू रहेका छन्। उनीहरूलाई रसुवामा पुल नबनेका कारण तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो।
तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरूका लागि काठमाडौँसम्मको यातायातको व्यवस्था नेपाल सरकारले गरेको छ भने चिनियाँ भूमिमा चीन सरकारले गरेको छ।
प्रकाशित समय : १०:३२ बजे




















