गृहपृष्ठ सरकारले सुरु गर्यो आन्तरिक ऋण संकलन
सरकारले सुरु गर्यो आन्तरिक ऋण संकलन
नयाँ आर्थिक सुरु भएको एक साता नहुँदै सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो ।
३ वर्ष अवधिको उक्त ऋणपत्रको ब्याजदर बोलबकोल माध्यमबाट तय हुनेछ । यो ऋणपत्र धितोमा राखेर ऋण लिन तथा दोस्रो बजारमा कारोबार हुनसक्ने जनाइएको छ ।
यो वर्ष सरकारले ३ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण लिनेगरी बजेटमा व्यवस्था गरेको छ ।
प्रकाशित समय : १०:२८ बजे




















