काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सरकारले आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक

1.66K
shares

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालू आर्थिक वर्ष २०८२ र ०८३ को प्रथम, द्धितिय र तीतृय चौमासिक अवधिमा उठाउनुपर्ने आन्तरिक ऋणको तालिका सार्वजनिक गरेको छ । कार्यालय सार्वजनिक गरेको तालिकाअनुसार, प्रथम चौमासिक अवधिमा विभिन्न अवधि र फरक फरक मितिमा विकास ऋणपत्रको बोलकबोल गर्ने र निष्कासन मिति समेत तोकेको हो ।

कार्यालयले १० अर्बका विभिन्न विकास ऋणपत्रहरु विभिन्न मितिमा बोलकबोल र निष्कासन हुनेगरी तालिका ल्याइएको हो । जसमा १० अर्ब विकास ऋणपत्रको बोलकबोल चालू आवको साउन ७ मा हुनेछ । ३ वर्षे भुक्तानी अवधिका लागि उक्त विकास ऋणपत्रको निष्कासन भने साउन ८ गते हुनेछ । त्यस्तै, १० अर्बकै ४ वर्षे भुक्तानी अवधिसहितको विकास ऋणपत्र साउन १४ गते बोलकबोल हुने र साउन १५ गते ऋणपत्र निष्कासन हुनेछ ।

त्यस्तै, सोही रकमको ११ वर्षे भुक्तानी अवधिसहितको विकास ऋणपत्र साउन २१ गते बोलकबोल हुने र साउन २२ गते ऋणपत्र निष्कासन हुनेछ । त्यस्तै, ८ वर्षे भुक्तानी अवधिको विकास ऋणपत्रको बोलकबोल साउन २८ गते हुनेछ भने ऋणपत्र निष्कासन साउन २९ गते गर्नेगरी तालिका सार्वजनिक भएको छ । त्यस्तै, १० वर्षे भुक्तानी अवधिका लागि २०८२ भदौ ४ गते बोलकबोल र भदौ ५ गते ऋणपत्र निष्कासन गरिँदैछ ।

साथै ५ वर्षे भुक्तानी अवधिको विकास ऋणपत्रको बोलकबोल असोज २९ र ऋणपत्र असोज ३० मा निष्कासन हुने गरी तालिका सार्वजनिक भएको कार्यालयले जनाएको छ ।

त्यस्तै, फेरि १० अर्बको रकमको ३ वर्षे भुक्तानी अवधिका लागि भदौ ११ गते बोलकबोल गर्ने र भदौ १२ गने ऋणपत्र निष्कासन गर्ने मिति तय भएको छ । १० अर्बको विकास ऋणपत्रका लागि ९ वर्षे भुक्तानी अवधिको बोलकबोल भदौ १८ मा र ऋणपत्र निष्कासन भदौ १९ मा हुनेछ । त्यस्तै, सोही रकमको ६ वर्षे भुक्तानी अवधिसहित विकास ऋणपत्रको बोलकबोल भदौ २५ र ऋण्पत्र निष्कासन भदौ २६ मा हुनेछ ।

त्यस्तै, ११ वर्षे भुक्तानी अवधिको विकास ऋणपत्रको बोलकबोल असोज १ गते र असोज २ गते ऋणपत्र निष्कासन गर्ने कार्यतालिका छ । ७ वर्षे भुक्तानी अवधिको विकास ऋणपत्रको बोलकबोल असोज २२ र ऋणपत्र निष्कासन असोज २३ मा हुनेछ ।