काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

उम्दा तेक्वान्दो खेलाडी विवश सोमबार बेलायत प्रस्थान

1.29K
shares

अखिल नेपाल तेक्वान्दो एकेडेमी आबद्ध अदभुत आनन्दानाथ तेक्वान्दो डोजाङ्गका उम्दा खेलाडी बिवश खतिवडा सोमबार बेलायत प्रस्थान गरेका छन् । उनी आफ्ना माता पितासँगै बस्नको लागि नेपाल छाडेर बेलायततर्फ प्रस्थान गरेका हुन् ।

छोटो समयमा नै तेक्वान्दो खेलको हरियो पेटी प्राप्त गर्न सफल उनलाई अखिल नेपाल तेक्वान्दो एकेडेमीका अध्यक्ष अन्तरास्ट्रिय तेक्वान्दो रेफ्री एबम प्रशिक्षक अनुयाज गौतमद्वारा हस्ताक्षर गरिएको प्रमाणपत्र खातिवडाले बेलायत पु-याउने बताए । उक्त प्रमाणपत्र खतिवडाले अखिल नेपाल तेक्वान्दो एकेडेमीबाट प्रदान गरेका हुन् ।