प्रहरीमा व्यापक बढुवा सिफारिस
वि.सं.२०८२ साउन ५ सोमवार १४:२२
shares

प्रहरी संगठनभित्र अधिकृतहरूको व्यापक बढुवा सूची निकालिएको छ ।
बढुवा समितिको बैठकले लामो समयदेखि खाली रहेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा सूची निकालेको हो ।
सूची अनुसार ११ वटा खाली रहेको एसएसपी दर्जामा एसपीहरू क्रमश: तुलबहादुर कार्की, राकेश सिंह, राजीबबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाललाई बढुवा गर्न सिफारिस गरिएको छ ।
























