काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

312
shares

ai logo सारांश

  • नेपाललाई स्विट्जरल्यान्डको एआई ग्लोबल समिटको निम्तो
  • नेपाल–स्विट्जरल्यान्डबीच डिजिटल सहकार्य विस्तारमा छलफल
  • एआई र अनलाइन अधिकारमा सहकार्य बढाउने नेपाल–स्विट्जरल्यान्डको तयारी

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ कम्युनिकेसन्स ९ओएफसीओएम० का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेको छ ।

भेटमा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा सहकार्य र सहयोग विस्तारका विषयमा छलफल भएको छ । सञ्चारमन्त्री डा तिमिल्सिनाले विभिन्न क्षेत्रमा स्विट्जरल्यान्ड सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकार्य र सहयोग थप विस्तार सञ्चारमन्त्रीले नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै यस क्षेत्रमा लगानी भित्र्याउन वातावरण सहज बन्दै गएको बताए ।

वरिष्ठ नीति सल्लाहकार लोइसले सन् २०२७ जुन २१ र २२ मा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआई ग्लोबल समिट २०२७’ मा नेपालको सहभागिताका लागि निमन्त्रणा दिनुभयो । उहाँले सम्मेलनमा नेपालको तथा सम्बन्धित सरोकारवालाको प्राथमिकताबारे जानकारी लिएको थियो ।

साथै उनीहरूबीच ‘फ्रिडम अनलाइन कोलिसन’ मा नेपालको सम्भावित सहभागिता तथा पर्यवेक्षकका रूपमा नेपालको भूमिकाका विषयमा पनि छलफल भएको थियो । हाल ४२ सदस्य राष्ट्र रहेको उक्त गठबन्धनले इन्टरनेट तथा अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र अनलाइन अधिकार प्रवर्द्धनमा सहकार्य गर्दै आएको छ ।

  • नेपाललाई स्विट्जरल्यान्डको एआई ग्लोबल समिटको निम्तो
  • नेपाल–स्विट्जरल्यान्डबीच डिजिटल सहकार्य विस्तारमा छलफल
  • एआई र अनलाइन अधिकारमा सहकार्य बढाउने नेपाल–स्विट्जरल्यान्डको तयारी