खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल
वि.सं.२०८२ साउन १ बिहीवार २०:२८
shares
Ifltu|:t emf]n'ª] k'naf6 ofqf ub}{ :yfgLo uf]/vf, @) c;f]h M 7]pjf6f/sf] emf]n'ª] k'n af9LNf] aufPkl5 uf]/vfsf] ;lxb nvg ufpFkflnsf$ / lrtjgsf] OR5fsfdgf ufpFkflnsf$, s'l/g6f/ hf]8g] csf]{ Ifltu|:t emf]n'ª] k'naf6 hf]lvdk"0f{ ofqf ub}{ :yfgLo . tl:j/ M bLks >]i7÷/f;;
खार्पुनाथ गाउँपालिकामा रहेका नदीमा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गरिएको छ । खार्पुनाथ–१ र २ लाई जोड्न लालीबगरको लिगेमा कर्णाली नदीमा रहेको तुइन हटाएर नयाँ झोलुङ्गे पुल निर्माण गरिएको छ ।
नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएसँगै यो स्थानमा रहेका तुइन हटाइएको छ । लालीबगरको लिगेमा कर्णालीमा झोलुङ्गे पुल निर्माण भएपछि वडा १ र २ नागरिकलाई आवतजावत गर्न सहज भएको वडा–२ का वडाध्यक्ष चन्द्रविर रावलले बताए ।
विसं २०७८ मा दुल्लीकुना लालीबगरको सडक निर्माण गर्ने क्रममा लिगेमा झोलुङ्गे पुल भत्किएपछि खार्पुनाथ गाउँपालिकाले उक्त स्थानमा तुइन निर्माण गरेको थियो । तुइनको सहारामा कर्णाली वारपार गर्नेहरु अहिले झोलुङ्गे पुल भएर यात्रा गर्दैछन् । झोलुङ्गे पुल निर्माण भएर प्रयोगमा आएपछि सिङ्गो गाउँपालिका तुइन मुक्त भएको छ ।




















