काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

म्याग्दीमा थपिए चारवटा सडक स्तरोन्नति आयोजना, निर्माण कम्पनीसँग ६० करोडमा सम्झौता

1.35K
shares

गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा आर्थिक वर्ष २०८१/८२ मा चारवटा सडक स्तरोन्नतिसम्बन्धी योजना थपिएका छन् । सङ्घीय सरकारसँगको साझेदारीमा एक र प्रदेश सरकारको लगानीमा कार्यान्वयन हुने तीनवटा सडक स्तरोन्नतिसम्बन्धी आयोजना कार्यान्वनयका लागि विभिन्न निर्माण कम्पनीसँग ६० करोडमा ठेक्का सम्झौता भएको छ ।

चारवटा सडक स्तरोन्नति र एक झोलुङ्गे पुल निर्माणसम्बन्धी योजनाको ठेक्का प्रक्रिया सकेर निर्माणको चरणमा प्रवेश गरेका पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार ती आयोजना बर्खायामलगत्तै निर्माण सुरु गर्ने तयारी छ ।

दरवाङ–मुना–ढोरपाटन सडक

गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि २०८२ असार ११ गते सक्षम÷सिम्रन जेभी र पूर्वाधार विकास कार्यालयबीच ५२ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको छ । सत्ताइस महिनाको ठेक्का अवधि रहेको यो योजनामार्फत दरवाङ–धारापानी ९सात किलोमिटर० र झिनडाँडा–मुना ९चार किलोमिटर० अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान हुुनेछ ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मानिएको यो सडक म्याग्दीको प्राथमिकताप्राप्त योजना भएको म्याग्दी क्षेत्र नं १ ९२० बाट निर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए ।

भगवती–बेग सडक

रघुगङ्गा गाउँपालिका गलेश्वर–पिप्ले–भगवती हँुदै बेग जाने बाटो र भगवती–सिजलगाउँ–साझपानी–बयारीगाउँ–बेग सडक स्तरोन्नतिका लागि हिमालयन कन्ट्रक्सनसँग २०८२ असार ९ गते ठेक्का सम्झौता भएको छ । दुई करोड ८२ लाखमा ठेक्का सम्झौता भएको यस योजनामार्फत भगवतीस्थित यसअघि प्रदेश सरकारमार्फत स्तरोन्नति भएको सडकको अन्तिम बिन्दुबाट बेगतर्फ एक किलोमिटर चार सय मिटर ढलान र प्रिमिक्स कालोपत्र हुने म्याग्दी क्षेत्र नं १ ९१० बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए ।

रुम–ताराखोला सडक

म्याग्दी निर्वाचन क्षेत्र १ ९२० अन्तर्गत मालिका गाउँपालिका–२ को रुम–ताराखोला सडक योजना कार्यान्वयनका लागि २०८२ असार ४ गते सोमरस निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ । दुई करोड ११ लाख ३० हजारमा ठेक्का सम्झौता भएको यो योजनामार्फत सात सय मिटर सडक ढलान गरिने भएको छ ।

गलेश्वर–पुलाश्रम सडक

घतान–९ गलेश्वर मन्दिरबाट पुलाश्रम मन्दिर जगन्नाथ मन्दिर भएर बेनी बजार सदरमुकाम मोटरबाटो सडक स्तरोन्नतिका लागि बिबिपीएल बिएस डिएस धवलागिरि छनोट भएको छ । दुई करोड २३ लाख ४६ हजारमा बेनी नगरपालिका–९ गलेश्वरबाट अर्को धार्मिकस्थल पुलाश्रम जोड्ने सडकअन्तर्गत बेनी नगरपालिका–९ का विभिन्न ठाउँमा दुई किलोमिटर ढलान र ग्राभेल गर्न लागिएको हो ।

सावाटा–थापाचौर झोलुङ्गे पुल

मालिका गाउँपालिका–५ थापाचौर र वडा नं ६ को सावटा बस्ती जोड्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । ९६ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनी सोमरस निर्माण सेवासँग रु ३९ लाखमा २०८२ असार ३ गते ठेक्का सम्झौता भएको हो ।

प्रदेश सरकारमार्फत आव २०८०/८१ मा म्याग्दीमा सातवटा सडक र दुईवटा मोटरेबल पुल निर्माणका लागि ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको थियो । त्यसअघिका वर्षका एक सडक र एक मोटरेबल पुल निर्माणाधीन छन् ।