global ime bank Long Banner Ad

गृहपृष्ठ जेडीएस परियोजनाका लागि जापान सरकार द्वारा नेपाललाई करीब साढे ५३ करोड अनुदान

जेडीएस परियोजनाका लागि जापान सरकार द्वारा नेपाललाई करीब साढे ५३ करोड अनुदान

जेडीएस परियोजनाका लागि जापान सरकार द्वारा नेपाललाई करीब साढे ५३ करोड अनुदान

काठमाडौं । मानव संसाधन विकास (जेडीएस) परियोजनाका लागि जापान सरकारले नेपाललाई करीब साढे ५३ करोड रुपैयाँ अनुदान दिएको छ ।

जेडीएस परियोजना कार्यान्वयन गर्न जापान सरकारले जापानी आर्थिक वर्ष २०२५ को लागि ५७ करोड २० लाख जापानीयेन (लगभग ५३ करोड ७० लाख नेपाली रुपैयाँ) अनुदान सहायता प्रदान गरेको हो । जापानी मानव संसाधन विकास छात्रवृत्ति (जेडीएस)कार्यक्रम २०१५ देखि जापान सरकारद्वारा समर्थित एक शैक्षिक पहल हो र यसलाई चरणबद्ध रूपमा लागू गरिएको छ।

बुधबार अर्थमन्त्रालयमा आयोजित एक समारोहका बीच नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारको तर्फबाट नेपालका लागि जापानका राजदूततोरु मेदाले नोट आदान प्रदानमा हस्ताक्षर गरेका हुन् ।त्यस्तै, अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख तथा अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा रजापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले अनुदान सम्झौतामा हस्ताक्षर गरे ।

अनुदान सम्झौताअनुसार, उक्तकोष स्नातकोत्तर डिग्रीहासिल गरिरहेका २० जना विद्यार्थीहरू र विद्यावारिधि डिग्रीहासिल गरिरहेका २ जनाविद्यार्थीहरूको लागि विश्व विद्यालयको शिक्षणशुल्क, बस्ने लागत, यात्राभत्ता, बीमा र शैक्षिक सामग्रीहरू कभर गर्न प्रयोग गरिनेछ।

हालसम्म १४२ नेपाली निजामती कर्मचारीहरू (१४० स्नातकोत्तर डिग्रीप्राप्त र २ जनाविद्या वारिधि) ले यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत प्रतिष्ठित जापानी शैक्षिक संस्थाहरूमा आफ्नो अध्ययन पूरा गरिसकेका छन् ।

हाल ४० स्नातकोत्तर र ५ जनाविद्या वारिधिविद्यार्थीहरू यस कार्यक्रमअन्तर्गत जापानमा अध्ययनरत छन् । हस्ताक्षर समारोहमा बेल्दै अर्थ सचिव उपाध्यायले यस छात्रवृत्ति कार्यक्रमले नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान पु-याएको र भविष्यमापनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।

उनले जापानमा अध्ययनको क्रममाकर्मचारीहरूले प्राप्त गरेको ज्ञानर सीपले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पु-याउने बताए। उनले जेडीएसबाट फर्किएकाहरूले नेपाल–जापान द्विपक्षीय सम्बन्धलाई अझबलियो बनाउने आशा पनि व्यक्त गरे ।

राजदूततोरु माएदाले जेडीएस कार्यक्रमअन्तर्गत आफ्नो अध्ययन पूरा गरेका कर्मचारीहरूले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्ने र दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित समय : १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु