global ime bank Long Banner Ad

गृहपृष्ठ आजको राशिफलः विसं २०८३ असार २५ गते, बिहीबार

आजको राशिफलः विसं २०८३ असार २५ गते, बिहीबार

आजको राशिफलः विसं २०८३ असार २५ गते, बिहीबार

आज नेपाल संवत् ११४६ तछलागा नवमी, असार कृष्ण नवमी परेको छ। पञ्चाङ्गअनुसार सुकर्मा योग, गर करण र अश्विनी नक्षत्र रहेको छ। चन्द्रमा मेष राशिमा तथा सूर्य मिथुन राशिमा रहेका छन्।

आज नेपालमा सूर्योदय बिहान ५:१६ बजे र सूर्यास्त साँझ ७:०१ बजे हुनेछ।

आज कुनै महत्वपूर्ण कामका लागि घरबाट निस्कनुपरे दही खाएर जुनसुकै दिशामा यात्रा गर्दा शुभफल प्राप्त हुने विश्वास गरिएको छ। महत्वपूर्ण कार्यको सुरुआत वा शुभ यात्राका लागि बिहान ६:१९ बजेदेखि ९:३६ बजेसम्मको समय शुभ मानिएको छ। यो समय नेपालको राष्ट्रिय समयअनुसार हो।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सेवाग्राही तथा वरिष्ठ कर्मचारीहरू सन्तुष्ट रहनेछन्। स्थायी उद्देश्यका लागि धन लगानी गर्ने अवसर मिल्न सक्छ। पुराना सहकर्मीसँग भेटघाट हुँदा मन प्रसन्न हुनेछ। सकारात्मक सोच राख्नुभयो भने सम्बन्धहरू अझ बलियो बन्नेछन् र मनका निराशा हट्नेछन्। आज परिश्रम, प्रयास र दृढ इच्छाशक्तिको आवश्यकता छ। नयाँ जिम्मेवारी वा दायित्व प्राप्त हुने सम्भावना पनि छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यवस्थापन पक्ष र सहकर्मीहरूसँग राम्रो तालमेल हुनेछ। नयाँ प्रविधिको प्रयोगले उत्पादन बढ्न सक्छ। काममा धेरै मेहनत गर्नुपर्ने दिन हो। जीवनसाथीले आफ्नो अवस्था नबुझ्दा मन खिन्न हुन सक्छ, तर ज्येष्ठ व्यक्तिहरूको साथ र सहानुभूति प्राप्त हुनेछ। भाग्यको भर नपरी आफ्नै क्षमतामा विश्वास गर्ने समय हो। परीक्षाको तयारी गरिरहनुभएको छ भने राम्रो परिणाम मिल्ने संकेत छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सफलता प्राप्त गर्न समस्या होइन, समाधानतर्फ ध्यान दिनु उचित हुनेछ। भविष्यका लागि राम्रो आम्दानीको आधार बन्न सक्छ। तपाईंको प्रयासले अपेक्षाभन्दा बढी उपलब्धि दिलाउन सक्छ। आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना छ। विदेशी परियोजनामा काम गर्ने अवसर मिले अधुरा चाहनाहरू पूरा हुन सक्छन्। छोटो यात्राले सम्बन्ध अझ प्रगाढ बन्नेछ र मनका कुरा साटासाट गर्ने अवसर मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पद र प्रतिष्ठामा वृद्धि हुनेछ। आर्थिक अवस्था सुधार गर्ने अवसर मिल्नेछ। परिवारको सम्मान बढाउने कार्यमा सहभागी हुन मन लाग्नेछ। सहयोगीको अभावले काममा केही ढिलाइ हुन सक्छ, तर पुरानो बाँकी रकम उठ्ने सम्भावना छ। चिन्ता र डर बढ्न सक्ने भएकाले एकान्त वा आध्यात्मिक गतिविधिमा समय बिताउनु लाभदायक हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सुख–सुविधाप्रतिको आकर्षण बढ्नेछ। पढाइमा ध्यान दिए राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। घुमफिर, भ्रमण वा मनोरञ्जनको योजना बन्न सक्छ। जीवनसाथी वा प्रिय व्यक्तिसँग रमाइलोमा केही खर्च हुन सक्छ। नयाँ काममा अघि बढ्ने अवसर मिल्नेछ। आफ्ना प्रयासले प्रतिस्पर्धीभन्दा अगाडि बढ्न सकिनेछ। परिवारका लागि पनि समय छुट्याउनु आवश्यक हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पर्धा गर्नुपर्ने दिन हो। सोचविचारमा धेरै समय बित्न सक्छ। अनावश्यक बहस वा विवादबाट टाढा रहनु राम्रो हुन्छ। कार्यालय वा परिवारमा आफ्ना कुरा नबुझिँदा मन खिन्न हुन सक्छ। रिस र आवेग नियन्त्रण गर्नु आवश्यक छ। अलमल, चिडचिडापन र पार्टनरप्रति शंका बढ्न सक्ने सम्भावना छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ व्यवसाय वा कामप्रति आकर्षण बढ्नेछ। परिस्थिति पूर्ण रूपमा अनुकूल नभए पनि बुद्धिमानीपूर्वक अघि बढे लक्ष्य हासिल गर्न सकिनेछ। प्रेम, शान्ति र खुसीको वातावरण रहनेछ। सन्तान वा कनिष्ठ नातेदारबाट खुशी मिल्नेछ। आजको मेहनतले भविष्यमा छात्रवृत्ति, सहुलियत वा विशेष अवसर दिलाउन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिस्थिति राम्रो देखिए पनि भौतिक सुविधा बढाउन खर्च बढ्न सक्छ। मनोरञ्जनमा धेरै समय बिताउँदा आवश्यक काममा ढिलाइ हुन सक्छ। बाध्यताले पार्टनरलाई समय दिन नसक्दा मन खिन्न बन्न सक्छ। लगनशील भएर काम गरे प्रतिष्ठा, आत्मसम्मान र सम्पत्तिमा सुधार आउनेछ। प्रशासनिक समस्या भए समाधान हुने सम्भावना छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मित्रहरूसँगको भेटघाटका कारण पार्टनरलाई पर्याप्त समय दिन नसकिए पनि व्यक्तिगत काम पूरा हुनेछ। बुद्धि र आत्मविश्वासको प्रयोगले महत्वपूर्ण काम सफल हुनेछ। सन्तान वा भाइबहिनीको प्रगतिका लागि खर्च हुन सक्छ। व्यापारमा मन्दी भए पनि थप मेहनत गरे आम्दानीमा सुधार आउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सुख–सुविधाका सामग्री खरिद गर्दा खर्च बढ्न सक्छ, तर त्यसले मानसिक तनाव दिनेछैन। बोल्ने शैली प्रभावकारी बन्नेछ। अध्ययन र व्यक्तित्व विकासका लागि राम्रो अवसर मिल्नेछ। आजको मेहनतले प्रतिस्पर्धामा सफलता दिलाउन सक्छ। आम्दानी बढ्नेछ, रोकिएको रकम प्राप्त हुन सक्छ। अनुभवीको सल्लाहमा सेयर वा दीर्घकालीन लगानी गर्न सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आत्मविश्वास र उत्साह बढ्नेछ। घरायसी काम समयमै सम्पन्न हुनेछ। जीवनसाथीसँग रमाइलो समय बिताउने र घुमफिर गर्ने अवसर मिल्नेछ। अरूको चिन्ता गर्नुको सट्टा आफ्ना कमजोरी सुधारतर्फ ध्यान दिनु राम्रो हुनेछ। नेतृत्व क्षमता र व्यवस्थापन कौशलले विशेष पहिचान दिलाउन सक्छ। भविष्यका योजनामा दृढतापूर्वक अघि बढ्दा सफलता प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सम्बन्धमा एकअर्काका कमजोरी खोज्नु भन्दा समझदारी र समर्पण आवश्यक हुन्छ। आज बोल्दा विशेष सावधानी अपनाउनुहोस्, किनकि हतारमा बोलेका शब्दले विवाद निम्त्याउन सक्छन्। तरल पदार्थ, खाद्य सामग्री, सौन्दर्य प्रसाधन तथा फलफूल–तरकारीसँग सम्बन्धित व्यवसायमा राम्रो लाभ हुने सम्भावना छ।

प्रकाशित समय : ०६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु