गृहपृष्ठ जाजरकोटमा विषालु च्याउ खाँदा ३ जना बिरामी
जाजरकोटमा विषालु च्याउ खाँदा ३ जना बिरामी
जाजरकोटमा विषालु च्याउ खाँदा एउटै घरका तीन बालबालिका बिरामी परेका छन ।
बुधबार बिहान सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाँदा नलगाड नगरपालिका-४ पिपलचैरका मगबहादुर सिंहका छोराछोरी बिरामी परेका हुन् ।
बिरामी पर्नेमा मगबहादुरकी १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह रहेका छन् ।
सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाएका कारण उनीहरू बिरामी परेको बताइएको छ ।
प्रकाशित समय : १३:२२ बजे



















