गृहपृष्ठ बर्दिवासमा एभरेष्ट बैंकको १३३औँ शाखा

बर्दिवासमा एभरेष्ट बैंकको १३३औँ शाखा

बर्दिवासमा एभरेष्ट बैंकको १३३औँ शाखा

एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा असार १९ गते बिहीवार मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गत बर्दिवास नगरपालिका वडा नं १ मा आफ्नो १३३औँ शाखा विस्तार गरेको छ ।

यो शाखासँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ । यस शाखाको उद्घाटनसँगै महोत्तरीवासीले अत्याधुनिक, सरल र सहज बैँकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।

बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्री तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबाट संयुक्त रुपमा उद्घाटित उक्त समारोहमा बर्दिबास नगरपालिका वडा नं १ का वडा अध्यक्ष भोला खड्का, बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खड्का, बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख पुष्प राज उप्रेती, बैंकका अन्य कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो ।

बर्दिबासमा बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित समय : १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु