गृहपृष्ठ चार करोडमा बन्यो सुविधासम्पन्न वडा भवन

चार करोडमा बन्यो सुविधासम्पन्न वडा भवन

चार करोडमा बन्यो सुविधासम्पन्न वडा भवन

पोखरा महानगरपालिका–५ को सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण भएको छ । महानगरको चार करोड ६४ लाख लागतमा चारतले भवन निर्माण भएको हो ।

वडाध्यक्ष विष्णुप्रसाद बरालका अनुसार भवन निर्माण गर्न सात करोड २६ लाख ६४ हजार ६२३ लाग्ने अनुमान गरिएकामा चार करोड ८४ लाखमा निर्माण सम्झौता हो ।

यसैबीच, पोखरा महानगरका प्रमुख धनराज आचार्यले महानगरका ३३ वटा वडामध्ये अब दुई वटा वडामा मात्र भवन बन्न बाँकी रहेको बताए ।

प्रकाशित समय : १०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु