global ime bank Long Banner Ad

गृहपृष्ठ एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

रघुगङ्गा गाउँपालिका–१ बेगमा रु एक करोड पाँच लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ ।

दुई तले नौ कोठे भूकम्पप्रतिरोधी क्षमताको भवन निर्माण भएको हो । रघुगङ्गा गाउँपालिका–१ का वडाध्यक्ष विलप्रसाद फगामीले रु एक करोड पाँच लाखको लागतमा भवन निर्माण भएको जानकारी दिए ।

“आर्थिक वर्ष २०८०/०८१ मा रु ५० लाख र २०८१/०८२ मा रु ५५ लाख बजेट विनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको हो”, उनले भने, “चालु आवमा विनियोजन भएको बजेटबाट तला थप गरेर सभाहल बनाउने योजना छ । नयाँ आर्थिकदेखि भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेका छौँ ।”

साविक बेग गाविसको नाममा रहेका दुई रोपनी र स्थानीय हितमान फगामीले दान गरेको दुई आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण भएको वडाध्यक्ष फगामीले बताए ।

आठ वटा वडा रहेको रघुगङ्गाको यसअघि वडा नं ५ झिँ, वडा नं २ भगवती, वडा नं ६ पाखापानीको कार्यालय भवन निर्माण भएको थियो । वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालन भएको छ । मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ ।

प्रकाशित समय : ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु