global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सर्पले टोकेर एक जनाको मृत्यु

सर्पले टोकेर एक जनाको मृत्यु

सर्पले टोकेर एक जनाको मृत्यु

सर्पले टोक्दा कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीका ४३ वर्षीय रामबहादुर बुढाको मृत्यु भएको छ । आफ्नै घर अगाडि काम गर्दैगर्दा उनको दाहिने खुट्टामा सर्पले टोकेपछि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

सर्पले खुट्टामा टोकी घाइते भई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको र उपचारका क्रममा बुढाको मृत्यु भएको जोशीले बताए ।

त्यसैगरी, धानको बीउ निकाल्ने क्रममा अचानक चट्याङ पर्न गई धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरका एकजना आज घाइते भएका छन् । घाइते हुनेमा धनगढीको लल्लिपुर बस्ने गुलियादेवी चौधरी रहेको सूचना अधिकारी जोशीले बताए ।

चौधरी घरदेखि १०० मिटर टाढा खेतमा धानको बीउ निकाल्ने क्रममा अचानक चट्याङ पर्न गई उनको दाहिने खुट्टा, हात र ढाडमा चोट लागेर उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।

प्रकाशित समय : १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु