global ime bank Long Banner Ad

गृहपृष्ठ मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ ।

अवध मिथिला सांस्कृतिक धर्मशालाको सभाहलमा मधेस र सुदूरपश्चिम प्रदेशबीच आज भएको फाइनल खेलमा मधेस प्रदेशलाई ३६ का विरुद्ध ३७ अङ्कले सुदूरपश्चिम विजयी भएको हो ।

प्रतियोगितामा समान अङ्कका साथ लुम्बिनी तथा बागमती प्रदेश तृतीय स्थान प्राप्त गरेको छ । उपाधि उचाल्न सफल सुदूरपश्चिमले २५ हजार नगद तथा स्वर्ण पदक प्राप्त गरेको छ भने द्वितीय भएको मधेस प्रदेशले नगद  २० हजारसहित रजत पदक प्राप्त गरेको छन् ।

तृतीय स्थान प्राप्त गरेका बागमती तथा लुम्बिनी प्रदेशलाई नगद १५ हजार तथा कास्य पदक प्रदान गरिएको छ । उक्त मन्त्रालयका सचिव रञ्जितकुमार यादवले पुरस्कार प्रदान गरेका हुन ।

प्रकाशित समय : २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु