global ime bank Long Banner Ad

गृहपृष्ठ रबि लामिछानेको समर्थनमा राउटेले पनि गरे हस्ताक्षर

रबि लामिछानेको समर्थनमा राउटेले पनि गरे हस्ताक्षर

रबि लामिछानेको समर्थनमा राउटेले पनि गरे हस्ताक्षर

सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले कञ्चनपुरमा हस्ताक्षर अभियान सुरु गरेको छ। रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो।

रास्वपाका युवा नेता ज्ञानेन्द्रसिंह महताले शनिबारदेखि हस्ताक्षर अभियान सुरुवात गरिएको बताए। नेता महताका अनुसार जिल्लाका विभिन्न स्थानबाट हस्ताक्षर अभियान सुरु गरिएको छ। पश्चिम गड्डाचौकीदेखि पूर्वी जिल्ला प्रवेशद्वार कृष्णपुरसम्मै हस्ताक्षर अभियान एकसाथ सुरुवात गरिएको बताए ।

जिल्ला पार्टी कार्यालय ऐठपुर महेन्द्रनगरदेखि औपचारिक रूपमा सुरु गरिएको हस्ताक्षर अभियान गड्डाचौकी, बसपार्क, मदन चोकमा गरिएको छ। रविमाथि अन्याय गरिएको भन्दै राउटे समुदायबाट समेत हस्ताक्षर गरिएको छ।

अभियानमा तीनजना राउटेले पनि हस्ताक्षर गरेका हुन्। प्रकाश शाही, प्रेम शाही र खगेन्द्र शाहीले रविमाथि अन्याय गरेको र न्यायका लागि भन्दै हस्ताक्षर गरेको बताएका छन्।

साथै, शुक्लाफाँटा नगरको झलारी, कृष्णपुर नगरको गुलरियामा यसअघिदेखि नै अभियान सञ्चालन गरिएको थियो। संयोग गृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्र ३ बाट रास्वपा जिल्ला समिति र भीमदत्त नगर समितिले एकसाथ हस्ताक्षर संकलन गरेको छ।

प्रकाशित समय : २०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु