global ime bank Long Banner Ad

गृहपृष्ठ भवन अभिलेखीकरणबारे प्राविधिकलाई ललितपुर महानगरको तालिम

भवन अभिलेखीकरणबारे प्राविधिकलाई ललितपुर महानगरको तालिम

भवन अभिलेखीकरणबारे प्राविधिकलाई ललितपुर महानगरको तालिम

ललितपुर महानगरले निर्माण सम्पन्न भवनको नियमित र अभिलेखीकरणबारे जानकारी दिन प्राविधिकहरूलाई तालिम लिएको छ ।

शहरी योजना व्यवस्थापन समितिद्वारा आयोजित दुई दिने उक्त तालिममा वडा नं. १ देखि २९ वटै वडाका प्राविधिक सहभागी थिए । अभिलेखीकरणको प्रक्रिया र नियम कानूनबारे प्राविधिकलाई थप जानकारी दिन तालिम आयोजना गरिएको शहरी विकास योजना महाशाखाका प्रमुख डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले बताए ।

उनले भने, ‘उहाँहरुलाई प्राविधिक विषयका बारेमा थप ज्ञान भएपछि स्थानीयलाई बुझाउन सजिलो हुन्छ, त्यसैले तालिम राख्यौं ।’

वडामा रहेका प्राविधिक अभिलेखीकरणले व्यक्तिको सम्पत्तिको अभिलेख रहने उनले बताए । उनका अनुसार सम्पत्तिको बेचबिखन नभइरहेको अवस्थामा बेचबिखन गर्न सकिन्छ । सम्पत्तिको हक हस्तान्तरण गर्न सहज हुन्छ । शैक्षिक,आवासीय लगायतका अन्य ऋण लिन सकिन्छ ।

प्रकाशित समय : २०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु