गृहपृष्ठ मदन भण्डारी स्मृति दिवस
मदन भण्डारी स्मृति दिवस
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जननेता मदन भण्डारीले देखाएको मार्ग आज पनि नेपाली राजनीति र समाजका लागि मार्गदर्शक भएको बताएका छन ।
जननेता भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ नं वडा कमिटीले आज सुर्खेतमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उनले जननेता भण्डारीले प्रतिपादन गरेको विचार, सिद्धान्त र व्यवहार वर्तमान राजनीतिक नेतृत्वका लागि अनुकरणीय छ भने ।
मदन भण्डारीले देखाएको बाटो दलगत सीमाभन्दा माथि उठेर समावेशी, प्रगतिशील र जनमुखी समाज निर्माण गर्ने बाटो भएकाले उनले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ अहिले पनि देशकोे राजनीतिमा सान्दर्भिक रहेको मुख्यमन्त्री कँडेलले बताए ।
प्रकाशित समय : २१:०० बजे



















