एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?
वि.सं.२०८२ असार १३ शुक्रवार २१:३१
shares

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा उत्तीर्ण भएका छन् ।
गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा नियमिततर्फ चार लाख ३८ हजार ८९६ विद्यार्थी सहभागी भएका थिए।
गत वर्ष ४८ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका थिए।
कुन प्रदेशमा कति उत्तीर्ण
कोशी : ४७ हजार ८३५
मधेश : ५९ हजार ७४९
बागमती : १ लाख १९ हजार ५१७
गण्डकी : ४७ हजार ८४९
लुम्बिनी : ५७ हजार ६८७
कर्णाली : ४६ हजार ४५५
सुदूरपश्चिम : ५९ हजार ८०४
























