कोशीप्रदेशको ३५ अर्ब ८७ करोडको बजेट पारित, मुख्यमन्त्रीले दिए धन्यवाद
वि.सं.२०८२ असार १३ शुक्रवार १६:३०
shares

विराटनगर । कोशीप्रदेश सरकारको आर्थिक वर्ष २०८२.८३ का लागि प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट शुक्रबार प्रदेश सभाबाटबहुमतले पारित भएको छ ।
असार १ गते प्रस्तुत बजेटमाथिभएको छलफलमा ३८ जनाप्रदेशसभा सदस्यले भागलिएकाथिए । छलफलपछिविनियोजन विधेयकपारित गरिएको हो ।
प्रदेश सरकारले चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगतखर्चतर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँविनियोजन गरेको छ ।
राजस्व स्रोतकाहिसाबले ५ अर्ब ५० करोड आन्तरिक स्रोतबाटउठाउने र १२ अर्ब ३९ करोड राजस्वबाँडफाँटबाटप्राप्तहुने अनुमान गरिएको छ । बाँकी रकम सङ्घीय सरकारबाटप्राप्तहुने अनुदानमार्फत व्यवस्थापन गरिने बताइएको छ ।
बजेट पारित भएसंगै कोशीकामुख्यमन्त्रीहिक्मतकुमार कार्कीले सामाजिक संञ्जालमार्फत माननीयहरुलाई धन्यवाददिएकाछन् । ‘सम्पुर्ण माननीय सदस्यप्रतीहार्दिक धन्यवादएंबआभार ब्यक्तगर्दछु,’उनले लेखेका छन् ।




















