गृहपृष्ठ पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको सम्भावना
पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको सम्भावना
इजरायल र इरानबीचको चर्किँदो द्वन्द्वमा अमेरिकाको संलग्नतापछि मध्यपूर्वमा बढेको तनावले नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सम्भावना बढाएको छ ।
नेपाल आयल निगम (एनओसी)का अधिकारीहरूले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव नेपालमा पर्ने चेतावनी दिएका छन् ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार, हालै ब्रेन्ट क्रूडको मूल्य प्रतिब्यारल ७९ अमेरिकी डलर पुगेको छ, जुन जनवरीयताकै उच्च हो । यो मूल्य नेपालले भारतबाट पछिल्लो पटक प्राप्त गरेको ६५ डलर प्रतिब्यारलको तुलनामा उल्लेख्य वृद्धि हो ।
नेपालमा प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा भारतीय आयल निगम (आईओसी) ले पठाउने मूल्यसूचीका आधारमा पेट्रोल, डीजल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य समायोजन हुन्छ । युद्ध सुरु भएदेखि तेलको मूल्य भारतमा बढिरहेको छ, जसको असर नेपालमा पनि पर्ने देखिएको छ ।
नेपालमा दुई वर्षअघि पुनः लागु गरिएको स्वचालित मूल्य प्रणालीले अन्तर्राष्ट्रिय बजारको मूल्यलाई आधार मानेर मूल्य निर्धारण गर्छ । स्वचालित प्रणालीले जनताको क्रयशक्तिमा बोझ थप्न सक्ने देखिएको छ ।
प्रकाशित समय : १९:१६ बजे



















