global ime bank Long Banner Ad

गृहपृष्ठ चार वर्षीय कार्यकाल पूरा गरी बिदा हुदैँ राससका महाप्रबन्धक राई

चार वर्षीय कार्यकाल पूरा गरी बिदा हुदैँ राससका महाप्रबन्धक राई

चार वर्षीय कार्यकाल पूरा गरी बिदा हुदैँ राससका महाप्रबन्धक राई

काठमाडौं । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई आफ्नो चार वर्षीय कार्यकाल पूरा गरी बिदा भएका छन् ।

सोमबार राससले महाप्रबन्धक राईलाई सम्मानसहित विदाइ गरको हो । राई २०७८ असार १० गते राससको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक्त भएका थिए ।

उनले रासस छोड्ने क्रममा चार वर्षसम्म गरेको सबै कार्य राससको हितको लागि भएको भन्दै यसको विकास र समृद्धिकको लागि राससकर्मी र भावी नेतृत्वमा समन्वय, एकता र समझ्दारीको आवश्यकता रहेको बताए ।

उनले भने, ‘मैले राससमा जे जति काम गरे । ती सबै कार्य राससको हितमा गरे भन्ने मेरो बुझाई छ । मैले जानीजानी संस्थाको अहितमा कुनै काम गरिन, अन्जानमा गरेको भएपनि मेरो जानकारीमा छैन । आज रासस नेपाली मिडियाको लागि अपरिहार्य बन्दै गएको छ । यसको विकास र समृद्धिकको लागि राससकर्मी र भावी नेतृत्वमा समन्वय, एकता र समझ्दारीको आवश्यकता रहेको छ । यो कार्य आगमी नेतृत्वमा देख्न पाइयोस ।’

सो अवसरमा रासस व्यवस्थापन र राससका पेशागत सङ्घ सङ्गठनकोतर्फबाट महाप्रबन्धक राईलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

 

प्रकाशित समय : १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु