गृहपृष्ठ मुक्तिनाथ विकास बैंकबाट विदेश पढ्न जान भिसादेखि पिटिइ फिसम्म भुक्तानी गर्न सकिने
मुक्तिनाथ विकास बैंकबाट विदेश पढ्न जान भिसादेखि पिटिइ फिसम्म भुक्तानी गर्न सकिने
अब विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरुले भुक्तानी गर्नुपर्ने भिसा तथा शैक्षिक शुल्कहरु मुक्तिनाथ विकास बैंकबाट गर्न सक्ने भएका छन् ।
एक्सपर्ट एजुकेसन तथा भिसा सर्झिस प्रा.लि. महाराजगंज र मुक्तिनाथ विकास बैंक लि. बीच एक सम्झौता गरी शैक्षिक शूल्क भुक्तानी सम्बन्धी कार्यको सुरुवात गरेको हो ।
यस सेवा अन्तर्गत उच्च शिक्षा अध्ययनको लागि विदेश जान चाहाने नेपाली बिद्यार्थीहरुले Visa Fees, SAT, SEVIS Fees , PTE Exam Fees, Application fees, GMAT लगायतको शैक्षिक शूल्कहरु मुक्तिनाथ विकास बैंकबाट भुक्तानी गर्न सक्ने छन् । यो सेवा हालको लागि बैंकको महाराजगंज शाखा र कमलादी शाखा कार्यालयबाट सुरुवात गरिएको छ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोबाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याउनुको साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि संचालनमा ल्याएको छ ।
त्यसैगरी मोबाईल बैंकिङ्ग, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा लगाएतका अन्य कार्यहरु बैंकको शाखामा उपस्थित नभइ घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रकाशित समय : १७:३६ बजे



















