काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णाली डेभलपमेन्ट बैंकमा राष्ट्रिय सहकारी बैंकको एक करोड फस्यो

3.13K
shares

कर्णाली डेभलपमेन्ट बैंकमा राष्ट्रिय सहकारी बैंककाे एक करोड रुपैयाँभन्दा बढी फसेको छ । समस्या ग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकमा सहकारी बैंकको एक करोड १० लाख रुपैयाँ डुबेको हो ।

बैंक स्रोतका अनुसार फसेको रकममध्ये राष्ट्रिय सहकारी बैंकको कोहलपुर शाखाकाे ५० हजार रुपैयाँ रहेको छ । अर्को एक सहकारीले बैंकको नाममा ६० लाख रुपैयाँ जम्मा गरिदिएका कारण उक्त रकम पनि फसेको हो ।

राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याउन्मुख भनेपछि सहकारी बैंकले सबै शाखाहरूमा पत्राचार गरेर कारोबार नगर्न आग्रह गरेको थियो । तर, त्यो रकम भने कर्णालीलाई राष्ट्र बैंकले नियन्त्रणमा लिनुभन्दा केही दिन अगाडी राखिएको थियो ।

नेपाल राष्ट्र बैंकले २०८१ मंसिर ११ गते मंगलबार कर्णाली डेभलपमेन्ट बैंक समस्यामा रहेको जानकारी दिएको थियो । बैंक समस्यामा रहेकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने भन्दै राष्ट्र बैंकले कारबाही गरेको थियो । त्यसबेला निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाएको थियो ।