गृहपृष्ठ एअपोर्टबाट एक किलो सुनसहित एक जना भारतीय पक्राउ
एअपोर्टबाट एक किलो सुनसहित एक जना भारतीय पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छिन्।
प्रहरीका अनुसार उनलाई मंगलबार राति विमानस्थलबाट पक्राउ गरिएको हो। विमानस्थलको भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो।
सुन अर्धठोस अवस्थामा रहेको प्रहरीले जनाएको छ। एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई शंका लागेपछि जाँच गरिएको थियो।
प्रकाशित समय : १३:१० बजे


















