गृहपृष्ठ मितेरी सहकारी ठगिका आरोपी भण्डारी कम्बोडियामा कानुन उल्लङ्घनको आरोपमा पक्राउ
मितेरी सहकारी ठगिका आरोपी भण्डारी कम्बोडियामा कानुन उल्लङ्घनको आरोपमा पक्राउ
काठमाडौँ । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनका आरोपी ज्योती भण्डारी कम्बोडियामा पक्राउ परेका छन् ।
भण्डारी कम्बोडियामा कानु उल्लंघन गरेको आरोपमा पक्राउ परेका हुन । उनीविरुद्ध ईन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । भण्डारी पक्राउ परेको सूचना पएलगत्तै उनलाई नेपाल ल्याउन ईन्टरपोलमार्फत पत्राचार गरिएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध ललितपुर महानगरपालिका–५ स्थित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले अनुसन्धान गरिरहेको छ । बर्दिया घर भएका ज्योती भण्डारी समेतले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्ररम्भिक निश्कर्ष छ । सो सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्व पत्नी ज्योती गुरुङमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय : ११:५२ बजे



















