काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

संस्थापक शेयर बिक्री गर्दै आशा लघुवित्त

1.55K
shares

आशा लघुवित्त वित्तीय संस्थाले ७९ हजार ६४८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिए अनुसार सो शेयर बिक्रीमा ल्याएको हो ।

शेयरको मूल्य प्रतिकित्ता न्यूनतम २५० रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकको नियमानुसार पहिलो प्राथमिकता संस्थाका विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले संस्थाका संस्थापक शेयरधनीले यो शेयरमा आवेदन दिन सक्नेछन्।

यस शेयर खरिद गर्न इच्छुक शेयरधनीले आफूले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बनेपा–१३ साँगास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

संस्थाले तोकिएको यस समयसीमा भित्र कम्पनीका संस्थापक शेयरधनीबाट आवेदन नपरेमा वा सम्पूर्ण शेयर बिक्री नभएमा कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्नेछ ।