काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ग्लोबल आइएमई समुन्नत योजनाको इकाई असार २२ गतेदेखि बिक्री खुला हुँदै

2.08K
shares

ग्लोबल क्यापिटलले असार २२ गतेदेखि ‘ग्लोबल आइएमई समुन्नत योजना’ को इकाई बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँको दरले यो योजनाको इकाई बिक्री गर्न लागेको हो ।

जारी हुन लागेको १२ करोड इकाईमध्ये १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई, कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेडलाई १ करोड ६२ लाख इकाई छुट्याइएको छ । बाँकी १० करोड २ लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिनेछ ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यसमा छिटोमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भने साउन ४ गतेसम्म खुला रहनेछ ।