global ime bank Long Banner Ad

गृहपृष्ठ ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, यातायात संचालन गर्ने तयारी

ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, यातायात संचालन गर्ने तयारी

ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, यातायात संचालन गर्ने तयारी

काठमाडौ । ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ ।
फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाई ओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केही ढिला भएको बताए ।

यसैगरि अन्य निर्माणाधिन योजना तथा आयोजनाहरु पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको बताए ।

निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा.विजय जैशीले मुख्य संरचनाहरुको निर्माण पूरा भएको र अब केहिदिन भित्रमा नै सार्वजनिक यातायात सञ्चालन गरिने बताए ।
यस्तै सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले अब फ्लाईओभरको मध्य भागमा डिभाइडर राख्ने तथा केही सामान्य कामहरु बाँकी रहेको र २–३ दिन भित्रै बाँकी कामहरु पूरा भएपछि यातायात सञ्चालनका लागि खुल्ला गरिने उनले जनाए ।
पूर्वनिर्धारित समयमा निर्माण कार्य पूरा हुन नसकेपछि मन्त्री दाहालले पटक पटक निरीक्षण र अनुगमनपछि चाँडै काम सक्न निर्देशन दिएका थिए । सो फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु