गृहपृष्ठ वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु
वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु
वुटिप टाइफुनका कारण मध्य भियतनाममा आएको बाढीमा परी तीन जनाको मृत्यु भएको भियतनाम समाचार एजेन्सीले शनिबार जनाएको छ ।
एजेन्सिका अनुसार बाढीमा क्वाङ त्रि प्रान्तको ट्रिउ फोङ जिल्लामा दुई जनाको मृत्यु भएको छ भने हाइ लाङ जिल्लामा एक जनाको डुबेर मृत्यु भएको छ।
छिमेकी क्वाङ बिन्ह प्रान्तमा, उद्धार टोलीले मौसमको अवस्था अनुसार अपरेसन विस्तार जारी राखेको र अझै चार जना बेपत्ता रहेको जनाएका छन् ।
एजेन्सिका अनुसार बाढीले २१ हजार हेक्टरभन्दा बढी धानको खेत, हजारौँ हेक्टर तरकारी खेती डुबानमा परेको जनाइएको छ ।
बाढीले घरहरू पनि डुबानमा पारेको ट्राफिक अवरुद्ध भएता पनि नदीको सतह बिस्तारै घट्दै गएको जनाइएको छ ।
प्रकाशित समय : १७:२० बजे



















