गृहपृष्ठ आफ्नो खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
आफ्नो खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।
ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले बैंकले वेबसाइट वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘प्यान अपडेट’विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको हो ।
साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको विज्ञप्तिमार्फत जनाएको छ ।
प्रकाशित समय : १७:३२ बजे



















