गृहपृष्ठ मनिष झा बोलिसकेपछि सांसदमा रास्वपाको नाराबाजी
मनिष झा बोलिसकेपछि सांसदमा रास्वपाको नाराबाजी
रास्वपाका सांसद मनिष झाले संसदीय समिति नबनेसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले १८ दिनदेखि ११ वटा बैठक अवरोध गरेको भए पनि माओवादीले सत्तापक्षसँग सम्झौता गरेको भन्दै कटाक्ष गरेका थिए ।
“अख्तियारले नौ पल्ट पत्र काटेको छ । बदमासी भएको छ ध्यान देऊ भनेर,” उनले भने, “त्यसबेलासम्म सरकारले के हेरेर बसेको थियो ? अर्को कुरा कर्मचारी तानिएपछि गृहमन्त्रालय नराखेर बाहिर सरुवा गरिनु थप शंका होइन र ?”
प्रकाशित समय : १७:२८ बजे



















