global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ उच्च अदालतमा ४ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस

उच्च अदालतमा ४ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस

उच्च अदालतमा ४ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस

न्याय परिषद्ले उच्च अदालतमा ४ मुख्यन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। न्याय परिषद्ले लामो गृहकार्यपछि आज बिहान यो निर्णय गरेको हो।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा दरबन्दी भई तुल्सीपुरमा काजमा रहेका न्यायाधीश हरिप्रसादप्रसाद भण्डारी र उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

बैठकले भट्टराईलाई उच्च अदालत विराटनगर, कुवँरलाई उच्च अदालत पाटन, भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरमा पदस्थापनका लागि पनि सिफारिस गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षत्रीले जानकारी दिए।

भट्टराई र कुँवर सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारबाट उच्च अदालतका न्यायाधीश भएका हुन्। उनीहरूलाई वरीयतामा अगाडि राख्न २०८० असोजमा न्याय परिषद्ले नियमावली नै संशोधन गरेको थियो।

प्रकाशित समय : १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु