गृहपृष्ठ एयर इन्डिया विमान दुर्घटनामा नेपालकी एयर होस्टेस मनिषा थापाको मृत्यु
एयर इन्डिया विमान दुर्घटनामा नेपालकी एयर होस्टेस मनिषा थापाको मृत्यु
भारतको अहमदाबादमा विहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा नेपाली मूलकी एयर होस्टेस मनिषा थापाको पनि मृत्यु भएको पुष्टि भएको छ।
थापा एयर इन्डियाको क्याबिन क्रू सदस्यका रूपमा कार्यरत थिइन्। दुर्घटनामा ज्यान गुमाउने चालक दलका सदस्यमध्ये उनी ‘गोर्खा क्याबिन क्रू’ की थिइन्।
भारतीय सञ्चार माध्यमहरूका अनुसार, थापाको परिवार बिहारमा बसोबास गर्दै आएको बताइएको छ। उनले अर्थशास्त्र विषयमा स्नातक तहसम्मको अध्ययन गरेकी थिइन् र त्यसपछि एयर होस्टेसको पेशा रोजेकी थिइन्।
उक्त विमान दुर्घटनामा चालक दलका सदस्यसहित हालसम्म २४१ जनाको मृत्यु भइसकेको छ, भने एक जना मात्र जीवित उद्धार भएका छन्।
प्रकाशित समय : १२:४४ बजे




















