global ime bank Long Banner Ad

गृहपृष्ठ एनएसजेएफको कार्यसमितिलाई एन्फाको बधाई

एनएसजेएफको कार्यसमितिलाई एन्फाको बधाई

एनएसजेएफको कार्यसमितिलाई एन्फाको बधाई

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको कार्यक्रममा अध्यक्ष पंकज नेम्वाङसहित एन्फाको टिमले एनएसजेएफका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मानपत्र र खादा ओढाएर बधाई तथा शुभकामना दिएको थियो ।

त्यस क्रममा एन्फाका अध्यक्ष नेम्वाङले पूर्वकार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको दशौँ स्मृति दिवसमा भेटघाट कार्यक्रम राखिएको जानकारी दिए । “ललित दाइ हुँदाको समयमा एन्फा र नेपाल खेलकुद पत्रकार मञ्चबीच सुनौलो सम्बन्ध थियो, त्यसैले यी दुई संस्थाबीच त्यत्तिकै सुनौलो, सुमधुर सम्बन्ध बनाउनुपर्छ भन्ने सोचाइसहित आजको दिन यो कार्यक्रम राखिएको हो । नेपाल खेलकुद पत्रकार मञ्चको स्थापना भएपछि नेपाल फुटबलको विकासको क्रम ठूलो टेवा पुगेको र यी दुई संस्था मिलेर अझ धेरै राम्रो काम गर्न बाँकी छ,”अध्यक्ष नेम्वाङले भने ।

एन्फाका पूर्वकार्यवाहक अध्यक्ष तथा थ्रीस्टार क्लबका पूर्वअध्यक्ष श्रेष्ठको बिहीबार दशौँ स्मृति दिवस परेको थियो । एन्फा मुख्यालयमा बिहीबार बिहान श्रेष्ठको दशौँ स्मृत दिवसमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको थियो ।

खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित अध्यक्ष निरञ्जन अधिकारीले मञ्चले नेपाल फुटबलको हरेक राम्रो पक्षमा साथ दिइरहेको बताए । उनले रचनात्मक आलोचना गर्न पनि नछोडेको बताए ।

एन्फाका महासचिव किरण राईले महिला फुटबलले लगातार राम्रो गरेपछि नेपालका प्रत्येक अभिभावकले आफ्ना छोरीहरूले प्रिति राई र सावित्रा भण्डारीले जस्तो खेलोस् भन्ने सपना देख्न थालेको बताए ।

प्रकाशित समय : १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु