गृहपृष्ठ चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोलार बिजुली जडानको ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाँउपालिकाका पूर्वअध्यक्ष विक्रम यादव सहित १० जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ।
तीन वर्षअघिको बजेटमा गाउँमा सोलार बत्ती जडान गर्ने योजनामा अनियमितता गरेको अख्तियारको आरोप छ। कार्यक्रममा छुट्याइएको बजेट टुक्रा टुक्रा पारेर लागत अनुमान बढाइएको र त्यसबाट अनियमितता गरेको अख्तियारको ठहर छ।
अख्तियारले आरोपितहरूमाथि दुई करोड ४९ लाख रुपैयाँ अनियमितता गरेको आरोप लगाएको छ। अख्तियारले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिव शंकर प्रसाद कुशवाहा, लेखापाल सञ्जय कुमार ठाकुर, जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सव इञ्जिनियरहरू सन्तोष राय, राजु राय विरुद्ध मुद्दा दायर गरेको छ।
प्रकाशित समय : १९:०१ बजे


















