global ime bank Long Banner Ad

गृहपृष्ठ म किन बदलिने ?

म किन बदलिने ?

म किन बदलिने ?

म, म हुँ
सधैं म, मै न रहन्छु
म आफुलाई किन बदल्ने
मेरो सोच मेरो हो
म जान्छु त्यो ज्यूँदो छ

मेरो हृदय अनमोल छ
केही छ त प्रेम त्यसको मोल हो
न छ त्यसलाई धनको लोभ
न चाहिन्छ त्यसलाई आलस्य आराम
न चाहिन्छ त्यसलाई सस्तो बैभव
साधारण खाना भरे पुग्ने
चैनौको जीवन भरे ज्यूँने

उहि बदलिओस् त्यस्तो
जसको हृदय ढुंगा जस्तो
जो दर्दमा ज्यूँदो छ
तर बेजान बाँढ्दै छ

उहि बदलिओस् त्यस्तो
जो जीवनको मर्म भाव
बाँचुन्जेल हेर्ने मात्र गर्छ
फेरि त्यही बेजान ज्ञानलाई
अनमोल ठान्छ र सन्देश बर्छ

उहि बदलिओस् त्यस्तो
जो नचाहिने चिजको पछाडि दौडिन्छ
आत्मीयताको सट्टा पैसाको मोलमा फरिन्छ

म खुसी छु न त कसैसँग
प्रतियोगितामा हिस्सा लिनु छ
म खुसी छु न मैले कसैलाई
आफ्नो योग्यताको प्रमाण दिनु छ

यस्तो होइन कि मेरो केही सपना छैन
यस्तो पनि होइन कि मेरो केही लक्ष्य छैन
कुरा यति मात्र हो
मेरो खुसी हुनमा केही सर्त छैन

दिल यस्तो कुरामा खुसी हुन्छ
कि कोही कहिले मेरो घर आउँछ
मन यो देखेर नाँच्न थाल्छ
कि आज पनि मेरो झ्यालबाट चन्द्रमा देख्छ

यो भाग्ने दौडिने दुनियामा
खोज्छु दिलले आफन्तलाई
बढ्दै गएको ठाँउपनमा सझिन्छु
मिल्नु र मिलाउनु जरुरी छ

स्पर्शको भावना मैले बुझेको छु
चन्द्रमा होइन मान्छेलाई मैले छु्न चाहेको छु

दिनौं बदलिन्छ यो संसार
तर म, म नै रहन चाहन्छु
बाहिर जस्तो देखिए पनि
भित्रभित्रै आफुलाई ज्यूँदो पाउँन चाहन्छु।

प्रकाशित समय : १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु