global ime bank Long Banner Ad

गृहपृष्ठ धितोपत्र बोर्डमा ५२ अर्ब बराबरको आईपीओ पाइपलाइनमा

धितोपत्र बोर्डमा ५२ अर्ब बराबरको आईपीओ पाइपलाइनमा

धितोपत्र बोर्डमा ५२ अर्ब बराबरको आईपीओ पाइपलाइनमा

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा हालसम्म १० वटा कम्पनीलाई प्राथमिक सेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ। बोर्डले आर्थिक वर्ष २०८०, ८१ को मंसिर महिनाबाट मात्रै आईपीओ स्वीकृत दिन थालेको हो, त्यसयता १० कम्पनीले सार्वजनिक निष्कासनका लागि अनुमति पाएका छन्।

आईपीओ स्वीकृति पाएका कम्पनीमध्ये ४ वटा जलविद्युत् हाइड्रोपावर ३ वटा लघु बीमा कम्पनी, २ वटा अन्य क्षेत्रका तथा १ वटा उत्पादन र प्रशोधन क्षेत्रको कम्पनी रहेका छन्। हालै मात्र, दरमखोला हाइड्रो इनर्जीलाई २०८२ साल जेठ २० गते आईपीओ जारी गर्ने अनुमति दिइएको हो।

स्वीकृति पाएका १० कम्पनीमध्ये ७ कम्पनीले आईपीओ निष्कासन गरिसकेका छन्, जसमध्ये केहीको बाँडफाँट भइसकेको छ भने केहीको प्रक्रिया जारी छ। बाँकी ३ कम्पनीले अझै आईपीओ जारी गरेका छैनन्। स्वीकृति पाएका प्रमुख कम्पनीहरूमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स, पियोर इनर्जी, सान्भि इनर्जी, ट्रेड टावर, हिम स्टार ऊर्जा कम्पनी र दरमखोला हाइड्रो इनर्जी रहेका छन्। हालसम्म बोर्डले जम्मा ७ करोड ६५ लाख ८२ हजार ११० कित्ता सेयर निष्कासनको स्वीकृति दिएको छ, जसको कुल मूल्य ७ अर्ब ६५ करोड ८२ लाख ११ हजार रुपैयाँभन्दा बढी बराबर रहेको छ।

बोर्डको पाइपलाइनमा हाल ७६ वटा कम्पनीका ३६ करोड ८७ लाख २९ हजार ४०१ कित्ता सेयर रहेको छ। यी सेयरहरूको कुल मूल्य ५२ अर्ब ४८ करोड १६ लाख १३ हजार रुपैयाँभन्दा बढी रहेको छ।

पाइपलाइनमा रहेका कम्पनीमध्ये सबैभन्दा धेरै हाइड्रोपावर क्षेत्रका छन् — कुल ३६ वटा हाइड्रोपावर कम्पनी आईपीओ स्वीकृतिको प्रतिक्षामा छन्। त्यसैगरी, १० वटा अन्य क्षेत्रका कम्पनी, ३ वटा लघु बीमा कम्पनी, १ वटा माइक्रो फाइनान्स, १७ वटा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनी, ३ वटा इन्भेष्टमेन्ट कम्पनी, ५ वटा होटल तथा पर्यटन क्षेत्रका कम्पनी तथा १ वटा विकास बैंक पनि आईपीओ स्वीकृतिको प्रतिक्षामा रहेका छन्।

प्रकाशित समय : १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु