गृहपृष्ठ एक सातादेखि माथिल्लो तामाकोसीमा चौबिसै घण्टा विद्युत उत्पादन
एक सातादेखि माथिल्लो तामाकोसीमा चौबिसै घण्टा विद्युत उत्पादन
खोलामा पानिको बहाब कम भएसँगै लामो समय थोरै समयमात्र विद्युत उत्पादन गरिरहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले झण्डै एक सातादेखि चौविसै घण्टा विद्युत उत्पादन थालेकोे छ ।
गत असोजको बाढिले संरचनामा क्षेती पुर्याएर पुसको दोस्रोहप्ताबाट आंशिकरुपमा मात्रै उत्पादन गर्दै आएको आयोजनाले एक सातादेखि चौबिसै घण्टा विद्युत उत्पादन गरेको हो । आयोजनाका प्लान्ट मेनेजर पुर्णगोपाल रन्जीतका अनुसार पछिल्लो समय खोलामा पानिको बहाब पनि क्रमश बढ्दै गएको र मर्मतको काम पनि अन्तिम अन्तिममा पुगेकाले एक सातादेखि पुरै समय उत्पादन गर्न थालिएको हो । उनले ६ वटै टर्वाइनहरु सञ्चालनमा आएको बताउदै अहिले औसतमा ३ सय मेगावार्ट विद्युत उत्पादन भैरहेको जनाएका छन् । आयोजनाबाट उत्पादित विद्युत खिम्ति सबस्टेसन हुदै ढल्केबरबाट उत्तर दक्षिण तर्फको प्रसारण प्रणालीमार्फत वितरण हुने गरेको छ ।
असार दोस्रो साताबाट पुर्ण क्षमतामा विद्युत उत्पादन हुने
आयोजनाका प्लान्ट मेनेजर पुर्ण गोपाल रन्जीतले असार दोस्रो सातासम्म आयोजनाको डिस्याण्डर बेसिन र अन्य संरचनाहरुको अस्थायी मर्मतको काम सकिए लगत्तै आयोजनाबाट पुर्ण क्षमता अर्थात ४५६ मेगावार्ट विद्युत उत्पादन हुने छ । न्युजकारोबारसँग कुरा गर्दै रन्जीतले भने त्यसबेलासम्म मर्मतको काम पनि अस्थायी रुपमा सकिने र मनसुन समेत सकृय भएर खोलामा पानिको बहाब बढेपछि आयोजनाले पुरै क्षमतामा विद्युत उत्पादन गर्ने छ ।
गत असोजमा आएको बाढिले जलविद्युत केन्द्रको अनुमानभन्दा बढी क्षति भएको र काब्रेभीरमा सडकसमेत क्षति भएपछि माथिल्लो तामाकोसी आयोजना ८८ दिन बन्द भएको थियो । तत्कालिन समयमा आयोजनाले कम क्षति भएको बायाँतर्फको पोखरी र कल्भर्टमा कंक्रेटिङ गरी पुस दोस्रो साताबाट आशिंक रुपमा सञ्चालनमा ल्याई उत्पादन थालेको थियो । आयोजनाले आगामी पुस भित्र मर्मतका सबै काम सम्पन्न गर्ने तयारी अनुसार मर्मतको काम गरिरहेको छ ।
प्रकाशित समय : १६:२४ बजे





















